Logo

अल्का अस्पतालको सहयोग, गौतम बुद्ध रंगशाला निर्माणलाई २५ लाख प्रदान

अल्का अस्पतालको सहयोग, गौतम बुद्ध रंगशाला निर्माणलाई २५ लाख प्रदान



काठमाडौं । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पतालका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ ।

रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ भने रंगशालामा ४ गेट रहने छन् । मुख्य गेटको डिजाइन स्तुप रहनेछ । रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL