Logo

बेलायती राजदूत र अध्यक्ष कँडेलबीच भेट, नेपालमा लगानी भित्र्याउने सम्बन्धमा छलफल

बेलायती राजदूत र अध्यक्ष कँडेलबीच भेट, नेपालमा लगानी भित्र्याउने सम्बन्धमा छलफल


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
४ मंसिर, काठमाडौं । नेपालका लागि बेलायती राजदूत एन्ड्रयु स्पार्क र लण्डन–ब्रिटेन–नेपाल चेम्बर अफ कमर्शका अध्यक्षबीच भेटवार्ता भएको छ । भेटमा नेपालका विभिन्न क्षेत्रमा बेलायती लगानीकर्ताको लगानी भित्र्याउने सम्वन्धमा छलफल भएको अध्यष कँडेलले जानकारी दिए ।

bizkhabar-rk
कँडेलका अनुसार नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्ध स्थापित भएको २ सय वर्ष पुगेको अवसरमा दुवै देशका व्यापारी तथा उद्यमीलाई भ्रमण गराउने बारेमा पनि छलफल भएको छ । साथै, भेटमा बेलायतसँग भएको विप्पा सम्झौताको पूर्ण कार्यान्वयन गरी लगानीकर्ता माझ विश्वासको वातावरण निर्माण गर्न नेपाल सरकारलाई आग्रह गर्ने विषयमा समेत छलफल भएको थियो ।

ब्रिटिश कलेजमा प्रमुख कार्यकारी अधिकृत समेत रहेका कँडेल नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि निजी तथा सरकारी निकायसँग भेटघाटको लागि नेपाल आएका थिए । राजदूतसँगको भेटमा द्वदेशीय दोहोरो कर प्रणालीमा देखिएको समस्याको वारेमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL