Logo

फेरी बढ्यो डिजेल पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ पुग्यो

फेरी बढ्यो डिजेल पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ पुग्यो



काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।

laxmi

सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको हो ।

अब पेट्रोलको मूल्य लिटरको १ सय २ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL