Logo

नागरिक लगानी कोष र संचय कोषलाई ब्रोकरको काम गर्न बाटो खुल्यो, ब्रोकर र इन्भेष्टमेन्ट कम्पनीलाई मर्जरमा लगिने

नागरिक लगानी कोष र संचय कोषलाई ब्रोकरको काम गर्न बाटो खुल्यो, ब्रोकर र इन्भेष्टमेन्ट कम्पनीलाई मर्जरमा लगिने


रामराजा श्रेष्ठ
54
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोष र कर्मचारी संचय कोषलाई सेयर ब्रोकर तथा स्टक ब्रोकरको काम गर्न बाटो खुला खरिदिएको छ ।

बोर्डले सोमबार धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

बोर्डले उक्त नियमावलीको संशोधनमा प्रचलित कानून बमोजिम स्थापना भएका ‘क’ बर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था गरेको छ ।

जस अन्तरगत विषेश ऐन अन्तरगत स्थापना भएको नागरिक लगानी कोष र कर्मचारी संचय कोषले सेयर ब्रोकर तथा स्टक ब्रोकरको काम गर्न सक्नेछन् । यसैगरी बोर्डले सेयर ब्रोकर र तथा इन्भेष्टमेन्ट कम्पनीलाई पनि मर्जरमा लैजाने भएको छ । बोर्डले सोमबार सोही नियमावलीलाई संशोधन गर्दै अबका दिनमा सेयर ब्रोकर तथा व्यापारी कम्पनीलाई समेत मर्जर तथा एक्विजिशनमा लैजान व्यवस्था गरेको हो ।

सरकारले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई मर्जर तथा एक्विजिशनमा लगिरहेको अवस्थामा बोर्डले धितोपत्र दलाल र इन्भेष्टमेन्ट कम्पनीलाई पनि मर्जरमा लैजाने नीति लिएको हो । हाल ५० वटा ब्रोकर कम्पनी र साना ठूला गरी करिव ९ सय वटा इन्भष्टमेन्ट कम्पनी रहेका छन् ।

यस्तै बोर्डले मार्जिन कारोबारसहितको स्टक ब्रोकरको काम गर्ने ब्रोकर कम्पनीहरुको चुक्ता पूँजीसमेत बढाएको छ । हाल ५ करोड चुक्ता पूँजी भएका ब्रोकर कम्पनीले मार्जिङ लेण्डिङ र स्टक डिलरको काम गर्न पाउने व्यवस्था रहेकोमा अबका दिनमा २० करोड चुक्ता पूँजी भएका कम्पनीले मात्र उक्त काम गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL