Logo

उद्योगीकै अघि उद्योग मन्त्रीको उद्घोष, डेडिकेटेड र ट्रंकलाईनको बक्यौता राज्यले जसरी पनि उठाउँछ

उद्योगीकै अघि उद्योग मन्त्रीको उद्घोष, डेडिकेटेड र ट्रंकलाईनको बक्यौता राज्यले जसरी पनि उठाउँछ



काठमाडौं । नवनियुक्त उद्योगमन्त्री लेखराज भट्टले उद्योगीले विजुलीको बाँकी बक्यौता बुझाउनुपर्ने बताएका छन । नेपाल उद्योग परिसंघले आयोजना गरेको उद्योग मन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै उनले उद्योगीले बालेको वा चलाएको विजुलीको बिल तिर्नु उद्योगीको कर्तव्य भएको बताएका हुन । ‘धेरै भएपनि थोरै भएपनि बिल त बिल नै हो,’ उनले भने, ‘तर राज्यले लिने पैसा जसरी पनि लिन्छ तपाईँहरु दिँदैनौ भन्न पाउनुहुन्न ।’

laxmi

कार्यक्रममा विभिन्न उद्योगीको धारणाको उत्तर दिँदै उनले उद्योगीले कति विजुली चलाएको छ त्यसको लेखाजोखा भने राज्यले गरिराखेको बताएका छन । साथै विभिन्न समयमा विजुलीको बक्यौता उठाउनका लागि आफैले पनि बढि जोड गरेको समेत जानकारी दिए ।

कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरुले विजुली नचलाएपनि प्राधिकरणले धेरैभन्दा धेरै युनिटको बिल आफ्नो हातमा थमाएको उनीहरुको आरोप थियो । ‘हामीले नचलाएको विजुलीको बिलको चार्ज पनि हामीलाई लगाईएको,’ उद्योगीले भने, ‘नचलाएको विजुलीको पैसा कसरी तिर्ने ?’

कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकारले पनि विजुलीमा कालोबजारी गरिरहेको आरोप लगाएका छन । उनले डेडिकेटेड र ट्रंकलाईनको महशुल बढि उठाएर सरकारले विजुलीमा कालोबजारी गरिरहेको आरोप लगाएका हुन ।

उनले निर्यात वृद्धिमा थप सहजिकरण गर्न अनुदानमा बस्तु थप्न समेत सरकारसमक्ष आग्रह गरेका छन । यस्तै कार्यक्रममा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्माले उत्पादनमा थप सहजता ल्याउन सरकारले अझै गुणस्तरिय विजुली उद्योगीलाई दिन नसकेको बताएका छन । उनले सरकारले उद्योगीलाई गुणस्तरिय विद्युत मात्रै उपलब्ध गराएपनि उद्योगी खुसी हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL