Logo

भुकम्पपछि रोकियो टर्कीसको एयरबस मर्मत, दैनिक डेढलाख राजस्व गुम्दै

भुकम्पपछि रोकियो टर्कीसको एयरबस मर्मत, दैनिक डेढलाख राजस्व गुम्दै


रामराजा श्रेष्ठ
81
Shares

रक्षा रेग्मी

२१ जेठ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरको एयरबस मर्मत कार्य अन्योलमा परेको छ । २ महिना अघि विमानस्थलमा सो जाहज दुर्घटना भएपछि टर्कीका ३० जनाको प्राविधिक टोलिले मर्मत शुरु गरेका थिए ।

तर, बैशाख १२ गतेको शक्तिशाली भुकम्प पश्चात सो विमानको मर्मत रोकिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महानिर्देशक विरेन्द्र श्रेष्ठले बताए । ‘भुकम्पका कारण टर्कीबाट आएका प्राविधिकहरु आफ्नै देश फर्किए,’ उनले भने, त्यसपश्चात उनीहरु अझै नेपाल आएका छैनन् ।’ उनीहरु आज वा भोलीसम्ममा आइपुग्ने कुरा भएपनि सो विषयमा विमानस्थललाई आधिकारीक पत्र नआएको उनले जानकारी दिए ।

श्रेष्ठका अनुसार विमानलाई पार्किङमा राखिएपनि ‘अनुसन्धान अवधि’ भर पार्किङ शुल्क लिन मिल्दैन । तर, मर्मत सकिएर पनि पार्किङ मै राखिएको अवस्थामा भने पार्किङ शुल्क लिइने छ । हाल मर्मत कार्य रोकिएका कारण विमानस्थलले टर्किस एयरको एयरवसबाट दैनिक करवाहेक १ हजार ५ सय २४ डलर अर्थात १ लाख ५३ हजार ९ सय रुपैयाँ राजस्व गुमाउँदै आएको छ । विमानस्थलमा दैनिक ६ /६ घण्टाको ४ ओटा पार्किङ हुन्छ । एक पार्किङको ३ सय ८१ डलर शुल्क तिर्नुपर्छ ।

टर्किस एयरबसको मर्मत अवधि लम्विदै जाँदा विमानस्थलले सो वरावरको राजस्व गुमाउँदै गएको हो । सो विमान मर्मतमा कति समय लाग्ने हो अझै एकिन नभएको श्रेष्ठ बताउँछन् ।
दुर्घटनाग्रस्त विमानका कारण पार्किङमा समस्या भएपनि त्यसको बैकल्पिक उपाय खोज्नेतर्फ सरकार नलागेको विमानस्थलका एक कर्मचारीले बताए । विमानस्थलको पार्किङ सानो हुनुका साथै केही हेलिप्याड नजिकै भएकोले समस्या भएको समेत उनले जानकारी दिए ।

गत फागुन २० गते ल्याण्डिङका क्रममा दुर्घटनाग्रस्त सो एयरबस करिव २ महिनादेखि विमानस्थलको पार्किङमा राखिएको छ । त्यतिबेला नोज गियर (अगाडीको पाङ्ग्रा) विग्रीएका कारण ल्याण्डिङको क्रममा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL