Logo

कवाडीबाटै ११ मेगावाट विद्युत, अक्टोबरदेखि व्यवसायिक उत्पादन

कवाडीबाटै ११ मेगावाट विद्युत, अक्टोबरदेखि व्यवसायिक उत्पादन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

जेठ १७, काठमाडौं । कवाडी सामानको प्रयोग गरेर भारतमै पहिलोपटक विद्युत उत्पादन गरिने भएको छ ।

भारतको एसेल गु्रपको लगानीमा निर्माण गरिएको यो विद्युत आयोजनाले आगामी अक्टोबर महिनादेखि व्यवसायिक रूपमै विद्युत उत्पादन गर्ने भएको हो ।

अहिले कम्पनीले भारतको मध्यपुरप्रदेशस्थित जवलपुरमा विद्युत उत्पादनका लागि आवश्यक तयारी गरिरहेको छ । ११ मेगावाट क्षमताको उक्त परियोजनाको लागि दैनिक ६ सय टन कवाडी सामान आवश्यक पर्ने कम्पनीले बताएको छ ।

जापानको हिटाची कम्पनीको प्राविधिक सहयोगमा एसेल विगत दुई बर्षअघि देखि यो परियोजना सुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL