Logo

सोल्टी होटलका संस्थापक अध्यक्ष प्रभाकरण राणाको निधन

सोल्टी होटलका संस्थापक अध्यक्ष प्रभाकरण राणाको निधन



काठमाडौं । सोल्टी होटलका संस्थापक अध्यक्ष ईमिरेट्स एवं प्रसिद्ध व्यवसायी प्रभाकर राणाको निधन भएको छ । व्यवसायी राणाको बिहीबार बेलुका ८४ बर्षको उमेरमा निधन भएको हो । उनी १ बर्षदेखि नसासम्बन्धी रोगका कारण ग्रसित थिए ।

laxmi

उनले अमेरिकाका विभिन्न अस्पतालहरुमा उपचार गराउँदै आएका थिए । उनी होटल तथा पर्यटन र जलविद्युत क्षेत्रका एक प्रसिद्ध व्यवसायी हुन । उनी सुर्य नेपालका अध्यक्ष समेत भईसकेका छन ।

उनले आफ्नो उच्च शिक्षा भारतको पटना विश्वविद्यालयबाट गरेका हुन । उनी अमेरिकी हिमालयन फाउन्डेशन का ट्रस्टी तथा ईन्टरनेशनल सोसाईटी अफ द एशिया सोसाईटी न्युयोर्कका ग्लोबल सदस्य पनि हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL