Logo

बेलायतको आकर्षक तलब छाडेर नेपालमै उद्यम, ग्राहकको आँखै अगाडी लुगा धुने लन्ड्री संचालनमा

बेलायतको आकर्षक तलब छाडेर नेपालमै उद्यम, ग्राहकको आँखै अगाडी लुगा धुने लन्ड्री संचालनमा



काठमाडौं । हजारौं नेपाली युवाहरु खाडीमुलुक जान आतुर र संघर्ष गरिरहेका बेला नेपाली ३ युवाले भने स्वदेशमै केही गर्ने उद्देष्यले लन्ड्री उद्योग सुरु गरेका छन । वेलायत पुगेका एक नेपाली युवा स्वदेश फर्केर व्यवसाय गर्न थालेका बेला उनलाई अन्य २ जनाले साथ दिँदै उक्त उद्योग संचालनमा ल्याएका हुन ।

उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं. १० हँडिया घर भएका सन्तोषसिंह कार्कीले काठमाडौंको मनहरा फाँटमा लन्ड्रीपार्क नामक व्यवसायिक लन्ड्री सेवा उद्योग सञ्चालनमा ल्याएका छन । वेलायतको आकर्षक तलब समेत छाडेर ७ बर्ष पछि नेपाल फर्केका उनी आफ्नै देशमा केही गर्न चाहेको बताउँछन् ।

तीनजना युवाहरू मिलेर सञ्चालनमा ल्याएको उक्त लन्ड्री पार्कमा अहिले ७५ लाख लगानी रहेको छ । उनलाई यो उद्योग स्थापना गर्न सुनसरीका दुई युवाहरु प्रविण पोखरेल र सुरज बस्नेतले साथ दिएका छन् । दुई मध्ये एक सुरज बस्नेत पनि बैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्ती हुन । उनी केही बर्ष त्यहाँ काम गरेर नेपाल फर्केका थिए । स्वदेशमै गर्दा केही हुन्छ भन्ने मान्यताले आफूले पनि विदेश त्याग गरेर यो उद्योग स्थापना गर्न होमिएको बस्नेत बताउँछन् ।

त्यसो त सिर्जनशिल सोच भएका अर्का युवा प्रविण पोखरेलको साथले पनि विदेश छाडेर आएका दुई युवालाई उद्योग स्थापना गर्न हौस्याएको छ । ‘हामी तिनै जनाको आत्मिय सम्बन्धलाई व्यवसायमा परिणत गरेका हौं ।’ उनले भने– ‘हामी तीनजनाको सामूहिक प्रयासले लण्ड्रीपार्कलाई नेपालकै नमुना उद्योगको रूपमा परिणत गर्नेछौं ।’

कपडा धुलाईसँग सम्बन्धित यो उद्योगमा अहिले अमेरिकामा निर्मित तीन वटा आधुनिक कमर्सियल वासिङ्ग मेसिन छन । त्यसमध्ये एउटा भने वेट क्लिन मेशिन रहेको छ । प्रिमियम कपडाहरूलाई बढो सुरक्षित तरिकाबाट धुने उक्त वेट क्लिन मेशिन नेपालमा पहिलोपटक आफूहरूले नै भित्र्याएको उनीहरूले दाबी गरेका छन् । उनीहरूले आफ्नो सेवालाई पारदर्शी बनाएका छन् ।

ग्राहकका आँखै अगाडि कपडाको धुलाई गरेर दिने तरिकाबाट उद्योग स्थापना गरिएको छ ।
‘ग्राहकको कपडा उनीहरूकै आँखै अगाडि तत्कालै धुलाई गरेर दिने हामीसँग प्रविधियुक्त स्रोत, साधन र दक्ष जनशक्ति छ ।’ सञ्चालक कार्कीले भने– ‘केही समय लाग्ने भयो भने पनि हामीले ग्राहकहरूको समय सदुपयोगका लागि उद्योग परिसरमा ‘फ्री वाईफाई’ को व्यवस्था गरिदिएका छौं ।’ ग्राहकलाई लक्षित गरेर उद्योग भित्रै चिया, कफी र चिसो पिउने व्यवस्थाको सोचमा समेत आफूहरू रहेको उनले बताए । त्यसैगरी निश्चित रकम तिरेर ग्राहकहरू आफैंले पनि सेवा लिन सकिने व्यवस्था संस्थाले मिलाएको छ । संस्थामा गएर ग्राहकहरूले आफैंले कपडा धुलाउन पाउन व्यवस्था रहेको यो पहिलो संस्था हो ।

हाल दुईवटा कलेक्सन सेन्टर स्थापना गरिसकेको लन्ड्रीपार्कले धुने कपडा ल्याउन र पु¥याउनका लागि भ्यानको समेत व्यवस्था गरेको छ । लन्ड्रीपार्कले सर्वसाधारणको अतिरिक्त व्यवसायिक संस्थाहरू जस्तै मेशिन नभएका ड्राई क्लिनर्स, होटल, स्कूल, कलेज, बैंक, फाइनान्स, इन्स्योरेन्स, एयरलाइन्स र सहकारीका युनिफर्महरूलाई समेतलाई आफ्नो सेवा लक्षित गरेको छ । सहुलियत ढंगबाट कपडा धुने व्यवस्था रहेको उक्त संस्थाहरूको कपडा पु¥याउने र ल्याउने व्यवस्था समेत गरेको उनीहरूले जानकारी दिएका छन् ।

‘यो क्षेत्रमा हामी नयाँ नै हौं तरपनि नयाँ तरिकाका साथै जिम्मेवार र व्यवसायिक ढंगवाट ग्राहकलाई सेवा दिन्छौं ।’ उनीहरूले भने– ‘ग्राहकको सन्तुष्ठि नै हाम्रो सफलता हो ।’ सेवाको शिलशिलामा कपडामा कुनै किसिमको हानी पुगेको खण्डमा नयाँ कपडा बराबरकै मूल्य फिर्ता गरिदिने व्यवस्था समेत रहेको उनीहरूले बताए ।

लन्ड्रीपार्कमा लगानी बढाउँदै र यसको गुणस्तरीय र प्रभावकारी सेवालाई देशव्यापी बनाउने योजनामा उनीहरू रहेका छन् । लन्ड्रीपार्कलाई यो क्षेत्रकै एउटा नमुना र प्रतिष्ठित ‘ब्राण्ड’को रूपमा विकास गर्दै सेवालाई देशका प्रमुख शहरहरूमा चाँडै पु¥याउने लक्ष्य राखिएको छ । त्यस्तै पर्यटकहरुलाई लक्षित गरेर सूचना प्रविधिको भरपुर प्रयोग सहित नेपालमै पहिलो पटक प्रविधिसहितको अत्याधुनिकता समेत भित्र्याउने योजनामा लन्ड्रीपार्क रहेको छ ।

अहिले ५ जनालाई प्रत्यक्ष रोजगारी र अन्य केहीलाई अप्रत्यक्ष रोजगारी दिइरहेको यो लन्ड्रीपार्कले राज्यलाई आर्थिक गतिविधि र रोजगारीको माध्यमबाट राम्रो योगदान पु¥याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL