Logo

त्रिशुली गल्छी जलविद्युत आयोजना इपिसि मोडलमा बन्ने, चिनियाँ कम्नपीसँग भयो सम्झौता

त्रिशुली गल्छी जलविद्युत आयोजना इपिसि मोडलमा बन्ने, चिनियाँ कम्नपीसँग भयो सम्झौता



काठमाडौं । त्रिशुली गल्छी जलविद्युत आयोजना ईपीसी मोडलमा बन्ने भएको छ । सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवद्र्धन गरेको परियोजना ईपीसीएफ मोडलमा निर्माणका लागि चिनियाँ कम्पनी चोङकिङ वाटर टर्वाइन वक्र्स कम्पनी(सिडब्लुटीडब्लु) सँग सम्झौता गरेको हो ।

laxmi

उक्त सम्झौतामा सिद्धकाली पावर लिमिटेडका अध्यक्ष डा. त्रिलोचन उप्रेती र चिनियाँ कम्पनीका उप निर्देशक क्वी जीआङ वेईबीच गत आईतबार सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार चिनियाँ कम्पनी सिडब्लुटीडब्लुले परियोजनाको कुल लागतको ९० प्रतिशत काम उधारोमा सम्पन्न गर्ने र परियोजना निर्माण भई संचालनमा आएको दुई वर्ष भित्र किस्तावन्दीमा भुक्तानी गर्नु पर्ने शर्तमा रही काम गर्ने निर्णय भएकोछ ।

आयोजनाको बिस्तृत डिजाईनको काम सम्पन्न गरी तत्काल निर्माण सुरु गर्ने सहमति भएको छ । यो आयोजना ३० महिनामा निर्माण सम्पन्न हुनेछ । उक्त चिनीयाँ कम्पनीले यहि मोडेलमा अन्य जलविद्युत परियोजनाहरुको समेत निर्माण गरिरहेको छ । रसुवा जिल्लामा निर्माणाधिन लाङटाङ र फलांखुखोला आयोजना यहि विधिबाट निर्माण भईरहेका छन ।

सुरुमा ७५ मोगवाट क्षमता रहेको यस आयोजनामा टनेल हटाई अव यो आयोजनामा बाँधको तल विद्युतगृह बनाई यो आयोजना ३० मेगावाट क्षमतामा निर्माण गरिनेछ । उक्त आयोजनाबाट उत्पादन भएको विद्युतशक्ति मस्र्यादी काठमाडौं १३२ केभि ट्रान्समिशनलाईनमा जोडी राष्ट्रिय ग्रीडमा आपुर्ति गरिनेछ । यो आयोजनाको निर्माण अघि बढेपछि सर्वसाधारण लगानीकर्ताहरुको लागी शेयर निष्काशन गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL