Logo

होटल निर्माणमा तीन उत्कृष्ट समूह, ७ अर्व लगानीमा बुटिक होटल सञ्चालन गरिदै

होटल निर्माणमा तीन उत्कृष्ट समूह, ७ अर्व लगानीमा बुटिक होटल सञ्चालन गरिदै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
९ चैत, काठमाडौं । चौधरी ग्रुप, एनई ग्रुप र समिट होटल ग्रुपले होटलमा करिव ७ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । यी तीन समूहको संयुक्त लगानीमा कान्तिपथमा अर्वन हराइजन बुटिक होटल सञ्चालन गरिने भएको हो । होटल आगामी १ बर्षभित्र सञ्चालन गरिने बताइएको छ ।

आइतवार समिट होटलमा आयोजित पत्रकार सम्मेलनमा होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक अमृतरत्न शाक्यले कान्तिपथमा बनाउन लागेको होटल १ सय ६५ आनामा १६ तलाको हुने बताए ।

साथै सो होटलमा करीब ४ अर्ब रुपैयाँ लगानी हुने जानकारी दिए । ‘ डिजाइन कार्य अन्तिम चरणमा पुगिसकेकोछ ’ उनले भने । सो होटलमा १ सय २० ओटा कोठा रहने छन् ।

त्यस्तै ललितपुरको विशङ्खुनारायणमा इको रिसोर्ट निर्माणमा पनि नयाँ लगानी गरिने भएको छ । कुल १ अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको सो रिसोर्टमा सिमेण्ट र रडको प्रयोग गरिनेछैन । इको रिसोर्टलाई वातावरणमैत्री बनाउन स्थानीय रूपमा उपलब्ध ढुङ्गा, बाँस, काठलगायत सामग्रीको प्रयोग गर्ने उनले जानकारी दिए । २ सय २० कोठा निर्माणको योजना बनाइएको सो रिसोर्टको डिजाइन कार्य सकिइसकेको शाक्यले बताए ।
यस्तै प्रकृतिको रिसोर्ट पोखरामा पनि खोल्ने योजना रहेको एनई समूहका उपाध्यक्ष रविभक्त श्रेष्ठले जानकारी दिए । पोखरामा हाई प्रोफाइलका ग्राहकलाई लक्षित गर्दै नयाँ होटल तथा रिसोर्ट स्थापनाको योजना बनाएका बनाएको उनले बताए ।
‘अहिले बनेको तीन व्यावसायिक घरानाको समूहले त्यस दिशामा प्रभावकारी काम गर्नेछ’ उनले भने । सीजी र एनई दुवै समूह पहिलेदेखि नै हस्पिटालिटी क्षेत्रमा संलग्न छन् । एनई समूहको सोल्टी होटलमा लगानी छ भने नेपालगञ्ज र पोखरामा सोल्टीकै ब्राण्डमा होटल विस्तार गरिरहेको छ । त्यस्तै चौधरी ग्रूपले भारत तथा अन्य मुलुकमा होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । नेपालमा सीजी होटल्स एण्ड रिसोर्ट ब्राण्डमा व्यवसाय विस्तार गर्दै छ ।

समिट होटलमा अन्तरराष्ट्रिय स्तरको स्पा सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ । समिट होटललाई अपग्रेड गर्न मात्र २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सन् १९७८ मा डच समूहले स्थापना गरेको समिट होटल सन् २०१२ मा नेपाली उद्यमीले किनेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL