Logo

कन्साई नेरोल्याक प्रर्वद्धनमा रुक्मिनीको ध्यानाकर्षण, अदालतको निर्देशन उल्लंघन गरेको आरोप

कन्साई नेरोल्याक प्रर्वद्धनमा रुक्मिनीको ध्यानाकर्षण, अदालतको निर्देशन उल्लंघन गरेको आरोप


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

२५ फागुन,काठमाडौं । कन्साई नेरोल्याक पेन्ट्स प्रालीले भारतीय अभिनेता शाहरुख खानलाई नेपाल ल्याइ आफ्नो व्राण्ड प्रर्वद्धन गर्न लागेकोमा रुक्मिनी केमिकल इन्डिष्ट्रिज प्रालिको ध्यानाकर्षण भएको छ । ट्रेडमार्क प्रयोग सम्वन्धमा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा व्राण्ड प्रवद्र्धन गर्नु उपयुक्त नभएको रुक्मिनी केमिकल इन्डिष्ट्रिज प्रालिका अध्यक्ष श्रवण कुमार गोयल बताउँछन् ।

सर्वोच्चले उद्योग विभागबाट कन्साई नेरोल्याक मुम्बई भारतलाई प्रदान गरेको ट्रेडमार्क तत्काल नगर्नु नगराउनु, यथास्थितिमा राख्नु’ आदेश दिएको थियो । सो आदेश उल्लंघन गर्दै गरिएको प्रवद्र्धनमा ध्यानाकर्षण भएको हो ।

रुक्मिनीले कन्साई नेरोलेक पेन्टसको लोगो (ट्रेडमार्क) दर्ता गर्नका निम्ति २०६८ सालअसार १९ गते नै उद्योग विभागमा निवेदन दर्ता गराएको थियो । रुक्मिनीले लोगो दर्ता गरेको केही समय पछी भारतको कन्साई नेरोलेकले आफ्नो लोगो दर्ता गराउन उद्योग विभागमा निवेदन दिएको बताइएको छ । पहिला निवेदन दर्ता गर्नेले लोगो पाउनुपर्नेमा विभागले भारतीय कन्साई नेरोल्याकलाई ट्रेडमार्क दर्ता गराउन दिएको भन्दै रुक्मिनीले पुन मुद्दा दायर गरेको हो ।

मुद्दामा रुक्मिनीले भारतीय कम्पनी नेरुलेक पेन्टसलाई उद्योग विभागले दिएको लोगो (ट्रेडमार्क) खारेज गरि आफुले पाउनुपर्ने दावी गरेको थियो । सो मुद्दा उपर २०७० मंसिर १८मा सर्वोच्चले सुनुवाई गर्दै भारतीय कम्पनी कन्साई नेरोलेक पेन्ट्स मुम्बईलाई उद्योग विभागले दिएको लोगो (ट्रेडमार्क) को प्रयोग तत्काल नगर्नु नगराउनु यथास्थितिमा राख्नु आदेश गरेको थियो ।

त्यस्तै उद्योग विभागले २०७० माघ २३ गते कन्साई नेरुलेक मुम्बई र नेपालस्थित शाखामा पत्र लेख्दै सो ट्रेडमार्क प्रयोग नगर्न अनुरोध गरेको थियो । यस्तो अवस्थामा भारतीय कम्पनीले नेपालमा कन्साई नेरुलेक पेन्ट्सको टे«ेडमार्क सहित बिक्री वितरण गरेर अदालतको आदेश उल्लंघन गरेको रुक्मिनीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
MBL