Logo

सुपारी निर्यातमा एकाधिकार गराएको छैन : महासंघ

सुपारी निर्यातमा एकाधिकार गराएको छैन : महासंघ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुपारी निर्यातमा एकाधिकार नगराएको बताएको छ । सरकारको नीति नियम तथा निर्देशन्अनुसार नै सुपारी निर्यातको लागि उत्पत्तिको प्रमाणपत्र प्रदान गर्न आफू मातहतका संघलाई निर्देशन दिदै आएको महासंघले बताएको छ ।

केहीदिन यता पत्रपत्रिकामा महासंघले सुपारी निर्यातमा एकाधिकार जमाएको भन्नेलगायत विभिन्न खालका समाचार आइरहेको भन्दै त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो । सोमवार आफ्नै सचिवलायमा एक पत्रकार सम्मेलनको आयोजना गरी महासंघले सुपारीको उत्पत्तिको प्रमाणपत्रका लागि क्रियाशिल संस्थाबाट सिफारिस लिइदै आएको बताएको छ । हाल विगत १० वर्षदेखि क्रियासिल सुपारी खेती विकास संस्थाको सिफारिसमा आफ्ना सदस्य संघलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्न दिर्नेशन दिदै आएको महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले बताउनु भयो ।

यसअघि राष्ट्रिय सुपारी खेती प्रबद्र्धन एवं कृषि विकास संघ नेपाल, अनारमनी फलफुल नगदेवाली तथा सुपारी विकास संस्था, नमुना झापा सुपारीबाली विकास संस्था र विराट अर्जुन सुपारी उत्पादक तथा व्यवसायी संघल सुपारी निर्यातमा महासंघले एकाधिकार जमाएको आरोप लगाएका छन् । उनीहरुले सुपारीको उत्पत्तिको प्रमाणपत्रको लागि सिफारिस गर्ने अधिकार प्रत्यायोजन गर्न महासंघमा माग गरेका थिए । तर, महासंघले भर्खरै मात्र दर्ता भएका त्यस्ता संस्थालाई विश्वास गर्न नसकिने भन्दै सिफारिस गर्ने अधिकार दिएको छैन । सरकारको कार्यविधिमा समेत नया“ आएका संस्थाहरुलाई उत्पत्तिको प्रमाणपत्र सिफारिसको लागि अधिकार प्रत्यायोजन गर्न नमिल्ने व्यवस्था भएको महासंघका महानिर्देशक हेमन्त दवाडीले बताउनु भयो ।

-बिजखबर संवाददाता

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL