Logo

कोका-कोलाको नयाँ वाटर स्टेवार्डशिप परियोजना, दुई छुट्टाछुट्टै परियोजनाका लागि स्प्लाश नेपालसँग साझेदारी

कोका-कोलाको नयाँ वाटर स्टेवार्डशिप परियोजना, दुई छुट्टाछुट्टै परियोजनाका लागि स्प्लाश नेपालसँग साझेदारी



काठमाडौँ । वाटर स्टेवार्डसिपको एउटा हिस्साको रूपमा कोका–कोला बेभरेज नेपालले बालाजु पार्कको बाईसधाराको पुनरुत्थान, र वास प्रणालीका साथै पोखरा र भरतपुरमा रेन वाटर हार्वेस्टिङ तथा र ग्राउन्ड वाटर रिचार्ज परियोजनाहरूसहित वर्ष २०२३–२०२४ का लागि ४ नयाँ परियोजनाहरू ल्याएको छ । यी पानी भण्डारण परियोजनाहरू कोका–कोलाको २०३० जल सुरक्षा रणनीतिप्रतिको बलियो प्रतिबद्धताको समर्थनमा पानीको पुनःपूर्तिको सन्दर्भ–आधारित दृष्टिकोण, स्मार्ट पानीका लागि नीतिहरूको वकालत, र हाम्रा सञ्चालन र आपूर्तिहरूमा जिम्मेवार पानीको प्रयोग मार्फत पानी सुरक्षा बढाउनमा केन्द्रित छन् ।

कोका–कोला बेभरेज नेपालले वाटरएड नेपालको प्राविधिक सहयोगमा सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्सँग बाइसधारा–बालाजु पार्कमा रहेका सुकेका ढुङ्गे धाराहरूलाई पुनः प्रयोगमा ल्याउन मद्दत गनर ग्राउन्ड वाटर रिचार्ज परियोजनाको लागि साझेदारी गरेको छ । परियोजनामा रिचार्ज ट्रेन्च (रेन गार्डेन), २१ वटा रिचार्ज इनार, ढलान संरक्षण र सतह÷ सतह भन्दा मुनि ड्रेनेजको काम समावेश छ । परियोजनाले वन र पार्क क्षेत्रबाट वार्षिक ३०,००० के.एल पानी पुनःपूर्ति गर्ने लक्ष्य राखेको छ जसले सहरी पानीको बढ्दो मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ । यस संयुक्त प्रयास मार्फत परियोजनाले परिधीय क्षेत्रहरूको भूजल तालिका कायम राख्न सहयोग पुर्‍याउन मात्र नभई द्रुत सहरीकरणका कारण समुदायहरूलाई तीव्र पानीको अभावको सामना गर्न मद्दत गर्न सक्ने पहलहरूका प्रकारहरूको बारेमा समुदाय र स्थानीय अधिकारीहरूलाई सचेत गराउन पनि मद्दत पुर्‍याउने छ ।

विद्यालयहरूमा स्वच्छ खानेपानी तथा हात धुने सुविधा प्रदान गर्न कम्पनीले यस वर्ष दुई छुट्टाछुट्टै परियोजनाका लागि स्प्लाश नेपालसँग साझेदारी गरेको छ । पहिलो परियोजना, पोखराको सैनिक आवासीय महाविद्यालयमा हुनेछ जहाँ खानेपानी र हात धुने स्टेसनहरू स्थापना गरिनुको साथै रेन वाटर हार्वेस्टिङ प्रणालीले १३०० भन्दा बढी विद्यार्थी, शिक्षक तथा आवासीय क्याम्पसमा बस्ने प्रशासनिक कर्मचारीहरूको करिब आधा जस्तो माग पुर्‍याउन सक्ने अनुमान गरिएको छ ।

त्यसैगरी स्प्लाश नेपालसँगको अर्को परियोजना भरतपुरका ४ विभिन्न स्थानका चारवटा सामुदायिक विद्यालयमा वर्षाको पानी सङ्कलन प्रणाली स्थापना गरी विद्यालय जाने बालबालिकालाई स्वच्छ खानेपानी उपलब्ध गराउने छ । काठमाडौँमा स्प्लास नेपालले बालाजु औद्योगिक क्षेत्रको चाइल्ड केयर फसिलिटी भित्र पिउने पानीको फिल्टर युनिट स्थापना गर्न मद्दत गर्नेछ ।

विगतमा, कोका–कोला बेभरेज नेपालले स्मार्टसँग शिक्षण अस्पताल, पुल्चोक इन्जिनियरिङ कलेज र बुढानीलकण्ठ स्कूल जस्ता क्षेत्रमा रेन वाटर हार्वेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज परियोजनाहरूका लागि धेरै नजिकबाट काम गरेको थियो ।

पछिल्लो एक दशकमा, कोका–कोला बेभरेज नेपालले ८ वटा वाटर स्टेवार्डशिप परियोजनाहरू पूरा गरेको छ र यो २०२३ मा पाइपलाइनका ४ परियोजनाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL