Logo

नेपाली उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्बको प्रतिवद्धता

नेपाली उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्बको प्रतिवद्धता



काठमाडौं । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) २७ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव भएको छ ।

आर्थिक वर्ष २०१७र१८ सालदेखि २०७९र८० सम्म ८ हजार ९ सय ७४ उद्योगका लागि उक्त लगानी प्रस्ताव भएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७० हजार २ सय ५५ जनालाई रोजगारी उपलब्ध गराएको उल्लेख छ ।

आठ महिनामा साढे एक खर्बको प्रतिबद्धता

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार स्वदेशी र विदेशी लगानीका १ सय ८३ वटा उद्योगका लागि १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

यस्तै, ८ महिनाको अवधिमा २ सय ३९ विदेशी लगानीका उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार १ सय ९६ रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । जसमा फागुनमा मात्रै ३ अर्ब ४४ करोड ९८ लाख ३८ हजार ६ सय रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता भित्रिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा मात्र २ अर्ब ६४ करोड ९ लाख, भदौमा ३ अर्ब ४४ करोड ६५ लाख, असोजमा १ अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

यस्तैगरी मङ्सिरमा ८० करोड ८ लाख, पुस महिनामा ४ अर्ब ८५ करोड २० लाख, माघ महिनामा १ अर्ब ३९ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८र७९ को साउनमा ५ अर्ब ५३ करोड ५० लाख, भदौमा ६ अर्ब ३२ करोड, असोजमा ११ अर्ब ९६ करोड ५ लाख, कात्तिकमा ९८ करोड, मङ्सिरमा ५ अर्ब १५ करोड ५१ लाख, पुसमा ६१ करोड २० लाख, माघमा ५३ करोड ९५ लाख र फागुनमा २ अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

साढे १३ अर्ब नाफा विदेशीयो

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा झण्डै साढे १३ अर्ब नेपाली रुपैयाँ विदेशीएको छ । उद्योग विभागले सार्वजनिक गरेको ८ महिनाको तथ्याङ्क अनुसार १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३ सय २४ रुपैयाँ लाभांशवापत रकम फिर्ताको सिफारिस भएको हो ।

विभागले ८ महिनामा रोयल्टीवापत २ अर्ब ८ करोड ९३ लाख ९७ हजार १०७ नेपाली रुपैयाँ, ११ लाख ४८ हजार ७ सय ६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८ सय २५ भारतीय रुपैयाँ र ७ हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL