Logo

वाईवाईको सामाजिक सेवा, कीर्तिपुरस्थित क्रिकेट रगंशाला सरसफाइ

वाईवाईको सामाजिक सेवा, कीर्तिपुरस्थित क्रिकेट रगंशाला सरसफाइ



काठमाडौँ । आइसीसी लिग टु अन्तर्गतको बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजित गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गर्‍यो ।

मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिति रहेको खेल पछि भएको फोहोर सफाइ गरिएको छ ।

खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोतल लगायतका फोहोरलाई वाईवाईले शुक्रबार सफा गरेको हो ।

‘बनौँ आदर्श नागरिक’ भन्ने नाराका साथ लामो समयदेखि सामाजिक क्रियाकलापहरू गर्दै आएको सिजी फुड्सले खेल मैदान र वरपर सरसफाइ गरी आफ्नो सामाजिक दायित्व निर्वाह गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL