Logo

सामसुङ ग्यालेक्सी एम०४ को दराजद्वारा डेलीभरी सुरु

सामसुङ ग्यालेक्सी एम०४ को दराजद्वारा डेलीभरी सुरु



काठमाडौँ । दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ (Samsung Galaxy M04) को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनिसामसुङ ग्यालेक्सी एम०४लाईदराजबाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्। ।

सामसुङ ग्यालेक्सी एम०४ सामसुङ को पछिल्लो स्मार्टफोन हो, जसमा 1TB सम्मको एक्सपान्डेबल स्टोरेज रहेको छ। त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पी३५ प्रोसेसरद्वारा परिचालित छ ।

साथै यसमा ५,००० mAh ब्याट्री र १६.५५ से. मी. (६.५ इन्च) HD+ को डिस्प्ले रहेको छ । यसको अर्को आकर्षक विशेषता भनेको एक यसको RAM विस्तार गर्न सकिन्छ-तोकिएको ४ GB RAM लाई भर्चुअल RAM (RAM Plus) मार्फत ८ GB सम्म बढाउन सकिन्छ।

सामसुङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू, ४/६४ GB र ४/१२८ GB मा प्राप्त गर्न सकिन्छ र यसको मूल्य रु. १५,४९९ र रु. १७,४९९, मा निर्धारणा गरिएको छ। साथमा यस फोनको खरीदमा ५०० रुपैयाको दराज भाउचर पनि प्राप्त गर्न सकिनेछ । सामसुङ ग्यालेक्सी एम०४ दुई रंगहरू; सी ग्लास ग्रीन र शैडो ब्लूमा आउँछ।

प्रतिक्रिया दिनुहोस्
MBL