Logo

समयमै परियोजना सम्पन्न गर्न लगानी बोर्डलाई प्रधानमन्त्रीको निर्देशन, सरकारले आवश्यक सहयोग गर्ने

समयमै परियोजना सम्पन्न गर्न लगानी बोर्डलाई प्रधानमन्त्रीको निर्देशन, सरकारले आवश्यक सहयोग गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी बोर्ड मातहतका सबै आयोजना तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । शुक्रबार मातहतका परियोजनाका विकासकर्ताहरुसँगको भेटमा प्रम दाहालले निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

यसका लागि लगानी बोर्ड तथा सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त हुनसमेत उनले आग्रह गरेका छन् ।

प्रम दाहाल बोर्डबाट सहजीकरण भैरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाहरूको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारीका लागि शुक्रबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका थिए ।
अन्तर्क्रियाका क्रममा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत परियोजना, होंसी तथा हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत परियोजनालगायत १० परियोजनाका विकासकर्ताको सहभागिता थियो । परियोजना विकासकर्ताहरुले परियोजना अघि बढाउन आईपरेका समस्या र समाधानका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL