Logo

‘शिवमसंग उपहार टन्न’ योजनामा दुईजनाले जिते पाँचतोला सुन

‘शिवमसंग उपहार टन्न’ योजनामा दुईजनाले जिते पाँचतोला सुन



काठमाडौं । शिवम् सिमेन्टको ‘शिवमसंग उपहार टन्न’ योजनाका विजेताहरु घोषणा गरिएको छ । भाग्यशाली उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना गरि ६० जनाको नाम लक्की ड्र मार्फत विजेताा सार्वजनिक गरिएको हो ।

बिहिबार भएको पत्रकार सम्मेलनमा उक्त योजनाका विजेता कृष्ण मानान्धर र चनचल चौधरी विजेता बनेका हुन् । सम्पन्न मेगा लक्की कार्यक्रममा उनीहरुले दुई जनाले पाँच पाँच तोला सुन पाएका हुन् ।

यो योजना अन्तर्गत उपभोक्ता तर्फ ४७ तोला तथा विक्रेता तर्फ ४७ तोला सुन उपहार राखिएको थियो । दोस्रो पुरस्कार अन्तगर्त चार जनाले तीन तीन तोला सुन जितेका छन् । त्यस्तै, ६ जनालाई २/२ तोला सुन चौचो ८ जनालाई १÷१ तोला सुन तथा अन्य १० जनाले आधा आधा तोला सुन जित्न सफल भएका छन् ।

यस अघि भएका मासिक लक्की ड्रहरुबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेता तर्फ ८० जना भाग्यशाली विजेताहरुको छनौट भई सकेको छन् । जस अन्तर्गत ४ जोडिले थाइल्याड भ्रमण, ५ जोडिने गोसाईकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाईट, २८ जनाले आधा केजी चाँदी, ३२ जनाले हिराको औठी, १६ जनाले सुनको सिक्रि, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL