Logo

रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा प्राप्त गर्न सकिने

रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा प्राप्त गर्न सकिने



काठमाडौँ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको रेमिटेलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गरी पाउन सक्ने भएका छन् ।

यो सुविधाले ग्राहकहरूलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम बिना झन्झट प्राप्त गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरिएको हो ।

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL