Logo

अर्थतन्त्रका समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाईँदै, प्रधानमन्त्रीले निजी क्षेत्रलाई दिए आश्वासन

अर्थतन्त्रका समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाईँदै, प्रधानमन्त्रीले निजी क्षेत्रलाई दिए आश्वासन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधानका लागि उच्चस्तरीय आयोगगठन गर्नुपर्नै बताएका छन् । सरकारले अर्थतन्त्रमा निम्तिएका पछिल्ला घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको बताउँदै उनले यसको कारण र समस्याबारे बुझ्ना आयोग गठन गर्नुपर्ने बताएका हुन् ।

laxmi

आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन् ।

सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न क्रियाशील रहेको भन्दै उनले बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति आफू सजग रहेकोसमेत बताएका छन् ।

बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सुचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको बताए । बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरू प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL