Logo

इसेवाको ‘स्क्यान टु विन’ अफर, आइफोन १४ जित्ने अवसर

इसेवाको ‘स्क्यान टु विन’ अफर, आइफोन १४ जित्ने अवसर



काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवाले ‘स्कयान टु विन अफर’सञ्चालनमा ल्याएको छ । यस अफर अन्तरगत इसेवाको मोबाइल एप्स् मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सक्नेछन् ।

यसैगरी यस अफरमा हरेक हप्ता एक जनाले रेडमी वाच २ लाइट प्राप्त गर्न सक्नेछन् । साथै १० हजारले एक हजार सम्मको पूर्ण क्यासब्याक सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस उपहार योजनामा सहभागी हुनको लागि इसेवा मोबाइल एप्स मार्फत क्यूआर स्क्यान पे गर्नुपर्नेछ । साप्ताहिक पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घण्टा भित्र सोही रकम प्राप्त गर्न सक्नेछन् । रेडमी वाच २ लाईट स्मार्ट वाचका विजेताको पनि हरेक बिहीबार घोषणा गरिनेछ । यसैगरी ग्राण्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL