Logo

‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ’ कार्यक्रम २१ जिल्लामा सम्पन्न

‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ’ कार्यक्रम २१ जिल्लामा सम्पन्न



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले संचालन गरेको ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ पहिलो चरणको एक महिने कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते सौराहामा कार्यक्रमको समुदघाटन गरी कार्यक्रमको प्रारम्भ गरेका थिए ।

पौष ११ गते रुकुम पश्चिमबाट महिलाहरुको रोजगारी र समृद्धिको नारा सहित तालिम कार्यक्रम संचालन गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले रुकुम पश्चिमबाट संचालन गरेको पहिलो चरणको तालिम कार्यक्रम माघ १० गते लमजुङ र गोरखामा तालिम कार्यक्रम संचालन भए पछि सम्पन्न भएको छ ।

एक महिने ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रम अहिले सम्म २१ जिल्लामा संचालन गरिएको छ । १ हजार ७५० भन्दा बढीलाई सहभागी गराइएको यो तालिम कार्यक्रम रुकुम पश्चिम, म्याग्दी, दाङ, कंचनपुर, बारा, काठमाडौं, भक्तपुर, पर्सा, पर्वत, मकवानपुर, रौतहट,धनुषा, सुनसरी, झापा, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, तनहुँ, लमजुङ र गोरखामा सम्पन्न भै सकेको कम्पनीले जनाएको छ ।

महिलाहरुको उत्साहप्रद र सक्रिय सहभागिता रहेको यो कार्यक्रम गएको हप्ता नारायणघाट, कावासोती, बुटबल, र पाल्पामा कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ, तालिम विभाग प्रमुख सिताराम धिमाल र बजार प्रबन्धक यमलाल न्यौपानेले तालिम प्रदान गरेका थिए ।

त्यसै गरी दमौली, लमजुङ र गोरखामा संचालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए । समाजमा पिछडिएका र अवसर नपाएका महिलालाई तालिम दिने, स्वरोजगार हुन प्रोत्साहन गर्ने र आय बृद्धि हुने काममा लगाउने उद्देश्यले उक्त सबै एक महिने कार्यक्रम संचालन गरिएको थियो ।

पहिलो चरणको निर्धारीत तालिम कार्यक्रम सम्पन्न भैसकेको छ । ७ सय भन्दा बढी महिला स्वरोजगारमा आबद्ध भैसेका छन । फाल्गुन र चैत्र भित्र दोस्रो चरणको कार्यक्रम संचालन गरिनेछ । दोस्रो चरणमा १ हजार महिलाहरुलाई थप स्वरोजगार बनाउने र नियमित आय आर्जनको लागि अभिप्रेरित गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL