Logo

इसेवाको प्रादेशिक कार्यालय अब मधेस प्रदेशमा पनि, सबै प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गर्न सफल

इसेवाको प्रादेशिक कार्यालय अब मधेस प्रदेशमा पनि, सबै प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गर्न सफल



काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले मधेस प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । यो सँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको हो ।

laxmi

प्रादेशिक कार्यालय जनकपुरको मिल्स् एरीयामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घाटन गरे । अबदेखि दुई नम्बर प्रदेशका ग्राहक तथा एजेन्टहरूले इसेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशिक कार्यालय मार्फत सहज ढङ्गले प्रयोग गर्न पाउनेछन् ।

देशभर एक लाख ६५ हजार भन्दा बढी एजेन्ट ९इसेवा जोन तथा पोइन्ट० रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसङ्ख्याले सेवा लिइरहेका छन् । इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको सङ्ख्या पनि करिब ७० लाख पुगिसकेको छ । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL