Logo

चेम्बरले गर्याे आयातमा नगद मार्जिनको व्यवस्था हटाएकोमा स्वागत, अर्थतन्त्र चलायमान हुने विश्वास

चेम्बरले गर्याे आयातमा नगद मार्जिनको व्यवस्था हटाएकोमा स्वागत, अर्थतन्त्र चलायमान हुने विश्वास



काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले आयातमा नगद मार्जिनको व्यवस्था हटाएसँगै अर्थतन्त्र चलायमान हुने बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले नेपाल राष्ट्र वैंकबाट एक वर्ष अघि देखिनै आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउँदा यसको बजारमा सकारात्मक प्रभाव पर्ने बताएको हो ।

‘नेपाल चेम्वर अफ कमर्सद्धारा आयोजित अर्थतन्त्र अवको बाटो बिषयक अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री बिष्णु पौडेलसमक्ष निजी क्षेत्रका बिद्यमान समस्या र सुझावबारे चेम्वरबाट सुझाव प्रस्तुत भएको र सोको लगत्तै नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा नेपाल चेम्वर अफ कमर्स आभार व्यक्त गर्दछ,’ चेम्बरको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्र बैंकबाट जारी भएको ‘चालु पुँजी कर्जा मार्गदर्शन २०७९’ परिमार्जन गरि २०८२ असार सम्म पुर्याइएकोमा पनि चेम्बरले स्वागत गरेको छ । चालुपुँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरुलाई ४० प्रतिशत नै कायम गरिने र डवल डिजिटको आर्थिक बिकास हाशिल गर्न सिंगल डिजिटको व्याजदर कायम हुनु पन चेम्बरको माग छ ।

तरलता व्यवस्थापनका लागि पुंजीगत खर्चमा वृद्धि तथा व्याजदर नियन्त्रण प्रभावकारी हुन सकेमा अर्थतन्त्रले गति लिने अपेक्षा समेत चेम्बरले राखेको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पुँजिगत खर्चको ९० प्रतिशत देखि ९५ रकम बैक तथा वित्तिय संस्था मार्फत परिचालन गर्न सकिएमा यसले बजारमा तरलताको अभाव हुन नदिन सहयोग पुग्ने चेम्बरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL