Logo

पैचो पसलले पायो यस वर्षको ‘एग्री विजनेश’ तर्फको एचआरएम कर्पोरेट अवार्ड

पैचो पसलले पायो यस वर्षको ‘एग्री विजनेश’ तर्फको एचआरएम कर्पोरेट अवार्ड



काठमाडौं । यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ अवार्ड पैचो पसल प्रालिले पाएको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पैचो पसल प्रालिलाई एग्री विजनेश तर्फको कर्पोरेट अर्वाडले सम्मानित गरिएको हो । ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले प्रदान गरेको उक्त अवार्ड प्रालिका सञ्चालक समिति सदस्य राजन पौडेलले ग्रहण गरेका छन् ।

कर्पोरेट क्लबले निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने संस्था तथा व्यक्तिलाई हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ । यो वर्ष क्लबले विभिन्न २२ विधामा अवार्ड र सम्मान प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL