Logo

अल्का अस्पतालमा एमआरआइ र सिटी स्क्यान निःशुल्क, आइभीएफमा १ लाख छुट

अल्का अस्पतालमा एमआरआइ र सिटी स्क्यान निःशुल्क, आइभीएफमा १ लाख छुट



काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालले पुस १८ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले पुस २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।

अस्पताल परिसरमा हुने निःशुल्क स्वास्थ्य शिविरमा आइभीएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच गरिने उनले बताए ।

शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ।

शिविरमा सहभागी इच्छुकलाई आइभीएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ। त्यस्तै एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ। शिविरमा सहभागीहरुले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क लाग्ने छैन।

अल्का अस्पतालले यसअघि लमजुङ्ग, मकवानपुर, काभ्रे लगायतका दर्जनौँ जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ। अल्का अस्पतालमा सुविधा सम्पन्न एनआइसियु कक्ष रहेको छ। यसका साथै टेष्ट ट्यु्व बेबी सेवा, प्रसूति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पूर्ण परीक्षण पनि अस्पतालमा हुँदै आएको छ।

यसैगरी नशा सम्बन्धी, बाथ रोग सम्बन्धी, यौन तथा छालारोग सम्बन्धी, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आखाँ, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट,कलेजोरोग, एनेस्थेसिया लगायतका विशेषज्ञहरुबाट अस्पतालले विरामीहरूलाई सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL