Logo

वर्ल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की सार्वजनिक, सिंगल माल्ट र सिंगल ग्रेनको समिश्रण

वर्ल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की सार्वजनिक, सिंगल माल्ट र सिंगल ग्रेनको समिश्रण



काठमाडौं । यति डिस्टिलरी प्रालिले वर्ल्ड दरबार १२ इयर्स वल्ड ब्लेन्डेड स्कच ह्विस्की सार्वजनिक गरेको छ । वर्ल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच हिवस्की सिंगल माल्ट र सिंगल ग्रेन विस्कीको अद्वितीय समिश्रण भएको बताइएको छ।

laxmi

यो ह्विस्कीलाई अमेरिकी हवाइट ओकबाट बनेको एक्स बर्बन कास्कमा १२ वर्षसम्म राखिएको थियो । यति गरिसकेपछि यो ब्लेन्डेड विस्कीलाई थप एक वर्ष ओलोरोसो सेरी कास्कमा राखेर परिपक्व बनाइएको हो ।

त्यसपछि ६ महिनासम्म नेपालमा पेड्रो जेमेनेज कास्कमा राखेर तयार पारिएको हो । यो नयाँ विस्की भेनिला, कारामेल र ड्राई फ्रुट्सको हल्का धुँवादार निशान र सुगन्धका साथ नरम, बहुमूल्य एवं सन्तुलित तयारी जस्ता विशेषताका कारण गर्व गर्नलायक बनेको छ ।

वल्ड दरवार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्कीलाई ब्ल्याक एन्ड गोल्ड एसेन्टमा डिजाइन गरिएको नयाँ सेरामिक बोटलमा प्याक गरेर परम्परागत नेपाली मूल भाव दर्शाउने बक्समा प्रस्तुत गरिएको छ ।

‘हामी वर्ल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच हिवस्कीबाट हासिल गरेको उपलब्धिमा गर्व गछौं । यो विस्की हाम्रा ग्राहकसँग सशक्त रुपमा गुन्जिनेछ । यसमा विशिष्ट स्वाद, सुगन्ध र विशेषता छ। हामीले उत्साहजनक प्रतिक्रिया पाएका छौं र हामी हाम्रो नयाँ प्रडक्टको सफलताप्रति विश्वस्त छौं’, यति डिस्टिलरीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL