Logo

खल्तीबाट सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यासब्याक

खल्तीबाट सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यासब्याक



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्न मिल्ने भएको छ। यस सुविधासँगै अब खल्ती प्रयोगकर्ताले सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा रू. १००० सम्मको क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यस सेवाका बारेमा बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र प्रगतिको परिवर्तनसँगै, डिजिटलाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ।

धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्महरू मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन् र भुक्तानी सहजै तिर्न मिलोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL