Logo

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत अतिरिक्त छुट

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत अतिरिक्त छुट



काठमाडौं । विद्युतीय कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजिज ९स्मार्ट क्युआर० ले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) सँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।

laxmi

यस छुट आपÞmर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्यआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम रू ३०० सम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने छन् । यो योजना पुस २० गतेसम्म रहने छ भने छुट अबधिभर हरेक ग्राहकले रू ९०० सम्म छुट लिन सक्ने छन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखाहरुमा क्यु आर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

यस अफर अन्तर्गत एक्सप्रेस सुपरमार्केर्टको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL