Logo

लक्ष्मी ग्रुपले मनायो आफ्नो ४९ औं वार्षिकोत्सव, बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण

लक्ष्मी ग्रुपले मनायो आफ्नो ४९ औं वार्षिकोत्सव, बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण



काठमाडौं । लक्ष्मी ग्रुपको ४९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ । सेरेब्रल पल्सी सेन्टरको माग अनुसार उक्त सामग्री वितरण गरिएको हो ।

laxmi

साथै सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपम सशक्तिकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आवद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउन सक्ने बहुद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ । कार्यशालाको निर्माणले समूहलाई आर्थिक भार घटाउनका साथै आत्मनिर्भर बनाउने विश्वास लिइएको छ ।

सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, ट्रेडिङ लगायत अन्य गुणस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL