Logo

मिडरेन्ज सेगमेन्टको रियलमी १० प्रो प्लस फाइभ जी नेपाल भित्रिदै, के–के छन् विशेषता ?

मिडरेन्ज सेगमेन्टको रियलमी १० प्रो प्लस फाइभ जी नेपाल भित्रिदै, के–के छन् विशेषता ?



काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले मिडरेन्ज सेगमेन्टको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ । यो नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन हो जुन भारतमा एकदमै रुचाइएको छ । र, यसको कारण हो यसको आकर्षक डिजाइन । रियलमी १० प्लस प्रो छन् नाम दिइएको यो स्मार्ट फोनको कभ्र्ड डिस्प्ले झट्ट हेर्दाखेरि अत्यन्तै आकर्षक र स्टाइलिश देखिन्छ । डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साढे एक करोड खर्च गरिएको कम्पनीले जनाएको छ ।

यो फोनको अर्को आकर्षक पक्ष भनेको यसको डाइमेन्सिटी १०८० छन् चिपसेट हो जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दावी गरिएको छ । यसको ६ इन्चको कर्भ डिस्प्ले हेर्नमा अत्यन्तै आकर्षक छ त नै, साथै यसको कलर गेमुट पनि उत्तिकै वाइड छ (एक करोडभन्दा माथि) । एचडिआर १० प्लस सर्टिफाइड भएकोले यसमा मज्जाले एचडिआर कन्टेन्टहरु हेर्न सकिन्छ ।
त्यस्तै रियलमी १० प्लस प्रो छन् लाई अघिल्ला सेटहरु भन्दा अझै बढी टिकाउ बनाउन विशेष तरिकाले डिजाइन गरिएको ०.६५ एमएमको सेकेन्डरी टेम्पर्ड ग्लासको प्रयोग गरिएको छ जुन अत्यन्तै बलियो हुन्छ । त्यस्तै स्मार्ट फोनहरुको ग्लासको मजबुती जाँच गर्न गरिने वान मिटर ड्रप टेस्ट पनि पास गरेको हुँदा १० प्रो प्लस फाइभ जि ड्रप रेसिस्टान्ट पनि छ ।

१०८० को मिडिया टेक डाइमेन्सिटी सिपियु भएको यस रियलमी १० प्रो प्लस फाइभ जि मा गेमर्सहरुको लागि विशेष गरी फारडि गेम भाईब्रेसन मोटर पनि राखिएको छ । सफ्टवेयरको कुरा गर्दा यसमा लेटेस्ट एन्ड्रोइड १३ र यु आइ ४.० रहेको छ । यसमा १०८ एमपिको मेन सेन्सर लगायत तीनवटा क्यामरा पछाडिपट्टि राखिएको छ भने ६७ वाट सम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्रि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL