Logo

प्याक–टेक एक्स्पोमा सहभागी हुन चेम्बर प्रतिनिधिमण्डल मुम्बईमा, आयोजकलाई बुद्धको थाङ्का हस्तान्तरण

प्याक–टेक एक्स्पोमा सहभागी हुन चेम्बर प्रतिनिधिमण्डल मुम्बईमा, आयोजकलाई बुद्धको थाङ्का हस्तान्तरण



काठमाडौं । भारतको मुम्बईमा आयोजना भएको प्याक–टेक एसियन एक्स्पो २०२२ मा नेपाल चेम्बर अफ कमर्स सहभागी भएको छ । एसियन मुलुकहरु सहभागी उक्त एक्स्पोमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा एक प्रतिनिधिमण्डल भारत पुगेको हो ।

नेपालमा आयात हुने विभिन्न खालका मेशिनरी उपकरणहरु उपलब्ध हुने उक्त एक्स्पोमा नेपाली आयातकर्ता र उत्पादकबीच भेटवार्ता तथा अन्तरक्रिया कार्यक्रम समेत भएको छ । विशेषगरी नेपालमा आधुनिक प्रविधिको औद्योगिक उपकरण भित्र्याउन उक्त एक्स्पोले सहयोग पुर्याउने चेम्बरका प्रचार प्रसार समितिका सभापति सन्तोष कुमार पाण्डेले बताए ।

एक्स्पोमा नेपालमा हालसम्म भित्रिएका औद्योगिक उपकरण तथा निर्माता कम्पनीहरुको सहभागिता रहेको समेत पाण्डेले जानकारी दिए । उक्त एक्स्पोको आयोजना भारतको पीएचडी चेम्बरले गरेको हो ।

साथै उक्त एक्स्पो आयोजक प्रमुख ऋषिकेष अग्रवाललाई चेम्बर अध्यक्ष मल्लले शान्तीका प्रतिक भगवान बुद्धको थाङ्का समेत हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL