Logo

नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने



काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्पीय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ वर्ष भन्दा बढी समयको अनुभव छ ।

laxmi

खनाललाई एक समारोहका बीच नेपाल रेमिट इन्टरनेशनलका अध्यक्ष रितश मित्तलले स्वागत गरे । आफ्नो पदभार ग्रहण गर्दै खनालले अहिले धेरै कुरा डिजिटलरुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिइने बताए ।

विगत १७ वर्षदेखि रेमिटेन्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनलले डिजिटल रेमिट्यान्स्मा अझै जोड दिँदै विश्वका विभिन्न कुनाबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL