Logo

नेशनल लाइफको ३४औं वार्षिक साधारण सभा, ५ अर्बको चुक्तापुँजी तोकिएकै समयमा पुर्‍याउने

नेशनल लाइफको ३४औं वार्षिक साधारण सभा, ५ अर्बको चुक्तापुँजी तोकिएकै समयमा पुर्‍याउने



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । कम्पनीको आइतबार सम्पन्न ३४औं वार्षिक साधारण सभाले उक्त लाभांश सर्वसम्मतिले पारित गरेको हो । चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र सो बापत कर प्रयोजनका लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ वितरण गरिने कम्पनीले जनाएको छ ।

laxmi

आर्थिक वर्ष २०७७-७८ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ भने जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई रु.४,२०४ करोड पुगेको कम्पनीले जनाएको छ ।

यस्तै समीक्षा अवधिमा कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रु.३,९२४.७० करोड पुगेको समेत कम्पनीले जनाएको छ । कम्पनीको वार्षिक औसत प्रतिफल ९.६७ प्रतिशत कायम रहेको छ ।

२०७९ साल चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पुर्याउनु पर्ने वाध्यात्मक स्थितिमा कम्पनीले हाल पारित १५ प्रतिशतको बोनस सेयरसहित चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४३ लाख १ हजार ८७५ रुपैयाँ पुग्नेछ । अपुग पुँजी तोकिएको समयभित्रै सहज रुपमा पुग्ने स्थिति रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL