Logo

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट



काठमाडौं । विद्युतीय कारोबारलाइ प्रवर्द्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ ।

यस छुट आपÞmर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रू. १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL