Logo

सूर्य नेपालको उत्पादन तोफिचु तड्का लिची बजारमा, टेष्टको नयाँ ट्विस्ट’को नारा

सूर्य नेपालको उत्पादन तोफिचु तड्का लिची बजारमा, टेष्टको नयाँ ट्विस्ट’को नारा



काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड तोफिचु अन्तर्गत नयाँ तड्का लिची ल्याएको छ । ‘टेष्टको नयाँ ट्विस्ट’को नारा सहित सूर्य नेपालले तोफिचु तड्का लिची बजारमा सार्वजनिक गरेको हो ।

तड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीले बताएको छ । तोफिचु तड्का लिचीको विक्री मूल्य प्रतिगोटा २।५० रुपैयाँ कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।

तोफिचु तड्का आँप र पाइनापलको स्वादमा उपलब्ध हुँदै आएको छ र लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । तोफिचु तड्का लिची नेपालभरिका खुद्रा पसलहरुमा उपलब्ध हुनेछन् ।

तोफिचुका विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् । हाल तोफिचु अन्तर्गत फ्रुटीफन, फ्रुटी डिलाइट, ड्युज, क्रेम लातो, तड्का ९आँप तथा पाइनएप्पल०, चपता फन तथा कोफितिनो बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL