Logo

एलजीको टेलिभिजन प्रडक्ट रेन्जमा आकर्षक क्यासब्याक अफर

एलजीको टेलिभिजन प्रडक्ट रेन्जमा आकर्षक क्यासब्याक अफर



काठमाडौं । एलजीले आफ्ना टेलिभिजन उत्पादनहरुमा आकर्षक क्यास ब्याक अफरको घोषणा गरेको छ । खेलकुदको मौसममा नेपाली दर्शकले चाहेको गुणस्तरीय टेलिभिजनको आवश्यकतालाई केन्द्रित गर्दै कम्पनीले एलजी टिभी हरेक खेलप्रेमीका लागि उपयुक्त विकल्प हुने विश्वास लिएको छ ।

यो क्यास ब्याक क्याम्पेन, स्टेडियम कम्स होम, एलजीको टिभीहरुका लागि मात्र हो । यसमा ओलेड, नानोसेल, युएचडी र स्मार्ट टिभीहरुका विभिन्न आकर्षक मोडलहरु समावेश छन् । ग्राहकहरुले यी टिभीहरु देशभरका कुनै पनि एलजी शोरुम र एलजीको अधिकृत विक्रेताहरुकोमा गएर खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

‘एलजी नेपालले आफ्ना ग्राहकहरुलाई सधैं विश्वस्तरीय प्रविधिको अनुभव प्रदान गर्ने प्रयास गर्दै आएको छ । यो अफर क्याम्पेन त्यही निरन्तर प्रक्रियाको एक हिस्सा हो, जहाँ हामी हाम्रा ग्राहकहरुले यस मेगा स्पोर्टिङ इभेन्टको हरेक पलको आनन्द लिनुहोस् भन्ने चाहन्छौं,’ एलजी नेपालका ब्राण्ड म्यानेजर मुकेश बैठाले भने ।

सो अफरमा ३५ प्रतिशतसम्म क्यास ब्याक बाहेक ग्राहकहरुले एलजी नानोसेल टिभीको साथ निःशुल्क एलजी साउन्ड बार, निःशुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम, शुन्य प्रतिशत आकर्षक ईएमआई अप्सन, निःशुल्क डेलिभरी र एक्सचेन्ज अफर पनि पाउने कम्पनीले जानकारी दिएको छ ।

‘नेपाली ग्राहकहरुले केही खरिद गर्दा उत्पादनभन्दा अरु पनि आशा राख्दछन् । उनीहरु र ब्रान्डबीचको सम्बन्धको आशा गर्दछन् । ग्राहकहरु र ब्रान्डबीचको यो भावनात्मक सम्बन्धले हामीलाई यो क्यास ब्याक अफर ल्याउन मद्दत ग¥यो जसले आफ्ना साथी र परिवारसँग फुटबल हेर्ने अनुभवका साथै धेरै सेवा र सुविधाहरु पनि प्रदान गर्दछ,’ अफरका बारेमा बोल्दै कम्पनीका डिजिएम–मार्केटिङ र ब्रान्ड व्यवस्थापनका डिजीएम गौरब हमालले भने ।

टेक्नोलोजी र कन्ज्युमर इलेक्ट्रोनिक्समा विश्वव्यापी आविष्कारक एलजी ईलेक्ट्रोनिक्समा विश्वको लगभग सबै राष्ट्रहरुमा उपस्थित छ, जसमा ७५ हजारभन्दा बढीको कार्यबल रहेको छ । दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एलजीले २०२१ मा ६३ अर्ब अमेरिकी डलरभन्दा बढीको विश्वव्यापी बिक्री देखाएको छ । एलजीको उपभोक्ता र व्यावसायिक उत्पादनहरु, जस्तै टिभी, घरेलु उपकरण, एयर सोलुसन्स, मनिटर, सर्भिस रोबोट, अटोमोटिभ कम्पोनेन्ट, प्रिमियम एलजी सिग्नेचर र ईन्टेलिजेन्ट एलजी थिङ्कक्यु ब्रान्डहरु विश्वभर परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL