Logo

चुनावसम्मका लागि चेम्बरले स्थगित गर्याे ब्याजदर वृद्धि विरुद्धको आन्दोलन, जिल्ला र नगर चेम्बरलाई आग्रह

चुनावसम्मका लागि चेम्बरले स्थगित गर्याे ब्याजदर वृद्धि विरुद्धको आन्दोलन, जिल्ला र नगर चेम्बरलाई आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बैक तथा वित्तय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सवै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि बिरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो ।

बैंक तथा वित्तय संस्थाको चर्को ब्याजदर एवं राष्ट्रबैंकको चालू पुँजि कर्जा सम्वन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको बिरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्ति मार्फत आग्रह गरेको हो ।

चेम्बरले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘मुलुक प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा होमिएको छ । निर्वाचन लगत्तै आफ्नो शान्तिपुर्ण सर्घषका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग बार्ता मार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्ने छ, । त्यतिन्जेल सम्मका लागि संघर्षका सवै कार्यक्रम स्थगिथ गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ, । ’

बैंक तथा वित्तिय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परेपनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धरासायी भएका छन् । बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुदाँ समेत सरकारले व्यवसायीको मागलाई सुनुवाई गरेको छैन । निर्वाचन लगत्तै संघर्षमा उत्रनुको विकल्प छैन, ।’

चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्रबैंकसमक्ष हाल कायम स्प्रेड दर, एवं बैंकहरुको आधार समय सान्र्दभिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्रबैंकलाई बिभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको हो ।

चेम्बरद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ, ‘बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधी नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तिय असन्तुलनको जोखिम बढाउँछ, ।’

कर्जा प्रवाह र नविकरण गर्दा बैंक एवं वित्तिय संस्थाले लिने बिभिन्न प्रकारको असान्र्दभिक सेवा शुल्कलाई हटाउन समेत चेम्बर अध्यक्ष मल्लले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL