Logo

चक्रपथमा विद्युतीय बस संचालनमा सरकारको चासो, अध्ययनका लागि आशयपत्र माग

चक्रपथमा विद्युतीय बस संचालनमा सरकारको चासो, अध्ययनका लागि आशयपत्र माग



काठमाडौं । सरकारले काठमाडौंको चक्रपथमा विद्युतीय बस संचालन सम्भाव्यता अध्ययनका लागि आशयपत्र माग गरेको छ । आईतबार सार्वजनिक सूचना जारी गर्दै लगानी बोर्डले आशयपत्र माग गरेको हो ।

बोर्डले काठमाडौंको रिङरोडमा ईलेक्ट्रिक बस र्यापिड ट्रान्जिट (इबीआरटी)को विकास, व्यवस्थापन र संचालनको सम्भाव्यता अध्ययनका लागि उक्त आशयपत्र माग गरेको हो ।

आगामी मंसिर २६ गतेसम्म आवेदन दिन सकिने उक्त आशयपत्रमा स्वदेशी तथा विदेशी कम्पनी, फर्मले सिंगल तथा भेन्चर गरेर आवेदन दिन सक्नेछन् । आवेदन दिएका कम्पनीहरुमध्येबाट योग्यता ४० प्रतिशत, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमता हेरिने बोर्डको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL