Logo

भारतलाई ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन : आयल निगम

भारतलाई ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन : आयल निगम



काठमाडौं । नेपाल आयल निगमले भारतबाट मूल्य घटेर आएपनि यो पटक पेट्रोल र डिजेलको मूल्य नघटाउने भएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले भारतबाट पेट्रोलियमको मूल्य घटेर आएपनि निगम घाटामै रहेकाले यसको मूल्य घटाउन नसकिने बताएको हो ।

laxmi

निगमका अनुसार अझै निगमले भारतीय आयल कर्पाेरेशन (आईओसी)लाई २९ अर्ब ११ करोड रुपैयाँ तिर्न बाँकी छ । पुनः अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भईरहेकाले पुनः नोक्सानी थपिने अनुमान निगमको छ ।

आईओसीले बुधबार निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार साविकको तुलनामा पेट्रोलमा प्रति लिटर ०.६१, डिजेलमा प्रति लिटर ५.७६, मट्टितेलमा प्रति लिटर ४.०१, हवाई इन्धनमा प्रति लिटर ४.७७ रुपैयाँले बढेर आएको छ भने ग्याँसको मूल्य केहि घटेर आएको छ ।

यसरी मूल्य बढेर आएपछि निगमले हाल डिजेलमा प्रति लिटर १२.१४ रुपेयाँ घाटामा विक्री गरिरहेको बताएको छ भने ग्याँस अझै प्रतिसिलिण्डर साढे २ सय घाटामा बेचिरहेको जानकारी दएिको छ । तर, निगमले पेट्रोल, हवाई इन्धन र मट्टितेल विक्रीबाट भने केहि नाफा कमाएपनि ग्यासको र डिजेलको घाटा परिपूर्ति गर्दा निगमलाई समग्रमा आगामी १५ दिनमा करीब १८ करोड मात्र नाफा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL