Logo

शाओमीको नयाँँ आधिकारिक स्टोर ईटहरीमा, अरुण एण्ड ब्रदर्ससँग सहकार्य

शाओमीको नयाँँ आधिकारिक स्टोर ईटहरीमा, अरुण एण्ड ब्रदर्ससँग सहकार्य



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सुनसरीको ईटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्ससँग सहकार्यमा गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो ।

laxmi

आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य सहित ब्राण्डले नेपालभरी नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले नयाँँ स्टोर खुलेपछि ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र कम्पनीको सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुने बताए ।

‘हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यो नयाँँ स्टोरमा आउनुहुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनुहुनेछ.’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL