Logo

रिद्धि सिद्धि सिमेन्टको शून्यको कमाल उपभोक्ता मालामाल अफर सार्वजनिक

रिद्धि सिद्धि सिमेन्टको शून्यको कमाल उपभोक्ता मालामाल अफर सार्वजनिक



काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धिले ल्याएको छ हात खाली नजाने उपहार जस अन्तर्गत हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्नेछन् । यस कुपनहरुमा रु. ५०० देखि रु. १०,००० सम्म उल्लेख गरिएको हुन्छ ।

laxmi

साथै शून्य अङ्क उल्लेखित कुपन प्राप्त गरि आफ्नो कुपनमा भएको रकम पछाडि शुन्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिन्छ । यद्यपि ५० भन्दा धेरै संख्यामा ०को कुपन भएपनि प्रत्येक कुपनमा एकपटक मात्र ० (शून्य) लाई पछाडि जोडेर एक लाख सम्म रकम प्राप्त गर्न मिल्नेछ।

उदाहरणको लागिः रु. १०,०००+०= रु. १,००,००० / यदि रु. ५,००० वा सो भन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिम सम्पर्क नम्बरमा रजिष्टर गर्नु पर्नेछ र उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निमार्ण स्थलमै रकम प्रदान गरिनेछ ।

कम्पनीको मुख्य उद्देश्य भनेको ग्राहकहरूलाई उच्च प्राविधिक प्रणालीद्वारा उत्पादित सिमेन्ट उपलब्ध गराउनु र राष्ट्रमा सिमेन्ट गुणस्तरको नयाँ आयाम थप्नु हो । यसै क्रममा कम्पनीले ग्राहकहरुलाई विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ र यसपाली भने ग्राहकहरुलाई प्रेरित गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना २०७९ साल कार्तिक १५ गते मंगलबार देखि पुस ३० गतेसम्म मात्र लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL