Logo

सूर्या र ज्योति लाइफबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

सूर्या र ज्योति लाइफबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी शुक्रबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् ।

होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय÷क्षेत्रिय प्रमुख तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । दुवै कम्पनी विच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता आषाढ १२ गते सम्पन्न भइ बीमा समितिबाट मिति सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।

नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरु विच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भइ मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो ।

अन्तिम सम्झौतापत्रमा उल्लेख भए अनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम हुनेछ भने रजिष्टर्ड कार्यालय विराटनगर, मोरङमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाण्डौमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL