Logo

ग्यापु टिकटक हिरोज ‘सिजन २’ को फारम खुल्यो, ३ लाख ५० हजार रुपैयाँसम्म पुरस्कार पाइने

ग्यापु टिकटक हिरोज ‘सिजन २’ को फारम खुल्यो, ३ लाख ५० हजार रुपैयाँसम्म पुरस्कार पाइने



काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि कात्तिक ४ देखि १८ गते भित्र ग्यापुको एपमा गइ निशुल्क फारम भर्न सक्नेछन् ।

सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने हुन्छ ।

उत्कृष्ट एकसय जनालाई छनौट गरि प्रतियोगितालाई अघि बढाउने व्यवस्था गरिएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए । उक्त प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL