Logo

तिहारमा माथिल्लो तामाकोशीबाट विजुली उत्पादन नहुने, प्लान्ट नै बन्द गरेर निरिक्षण गरिँदै

तिहारमा माथिल्लो तामाकोशीबाट विजुली उत्पादन नहुने, प्लान्ट नै बन्द गरेर निरिक्षण गरिँदै



काठमाडौं । तिहारको अवधिभर माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट हुने विद्युत उत्पादन बन्द हुने भएको छ । आयोजनाले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक ८ देखि १५ सम्म विजुली उत्पादन नहुने जानकारी दिएको हो ।

उक्त अवधिमा ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन युनिटहरु बन्द गरेर नेपाल विद्युत प्राधिकरणले संरचनाहरूको नियमित निरीक्षण गर्न लागेको हो ।

यस अवधिमा लामाबगर, छैतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सनकोशी नदिको दोभानसम्म नै माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने लगा धने वस्तुभाउ लैजाने गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न आयोजनाले आग्रह गरेको छ । यी क्षेत्रहरुमा पानीको वहाब उच्च हुने हुनाले यस्ता क्रियाकलापमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL