Logo

आइएमईको उत्सव अफर, सातौँ हप्ताको नतिजा घोषणा

आइएमईको उत्सव अफर, सातौँ हप्ताको नतिजा घोषणा



काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

बिहीवार काठमाडौँ पानी पोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार सेवाग्राहीहरू यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् ।
संयुक्त अरब इमिरेट्स र मलेशियाबाट आइएमईमार्फत पैसा पठाउनुहुने विजेताद्वयले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु विके, मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता रानामगर दैनिक विजेता छनोट भएका छन् । उनीहरु प्रत्येकले एक–एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL