Logo

सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक मंगलम इण्डस्ट्रिजद्वारा प्राविधिकहरू पुरस्कृत

सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक मंगलम इण्डस्ट्रिजद्वारा प्राविधिकहरू पुरस्कृत



काठमाडौं । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रा.लिले सुनसरीको इटहरीमा प्राविधिक भेटघाट एवं पुरस्कार वितरण सम्पन्न गरेको छ । प्राविधिकहरूलाई अभिप्रेरित गर्न उक्त कार्यक्रम गरिएको मंगलम पाइपले जनाएको छ ।

laxmi

कार्यक्रममा गत वर्षको स्किममा प्राविधिकहरुले गरेको प्रदर्शन अनुसार पुरस्कारहरू वितरण गरिएको थियो भने स्किम अनुसारको अन्य विभिन्न उपहारहरू पनि वितरण गरिएको थियो । जस अन्तर्गत प्राविधिकहरुले २ वटा १२५ सिसिको पल्सर मोटरसाईकल , एउटा १५० सिसिको पल्सर जित्नुको साथै ६ जनाले ल्यापटप, १० जनाले १-१ तोला सुन र ६ जनाले टेलिभिजन जित्न सफल भएको कम्पनीको असिस्टेन्ट भाइस प्रेसिडेन्ट सुमित शर्माले जानकारी दिए ।

टेक्निसियन प्रोत्साहन कार्यक्रम (कुपन वापत) अन्तर्गत उक्त कार्यक्रम गरिएको र यस्ता किसिमका अन्य कार्यक्रम भविष्यमा पनि सञ्चालनमा ल्याईने शर्माले बताए । कार्यक्रममा उक्त क्षेत्रमा क्रियाशिल लगभग ५० जना प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । मंगलमको हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । यसका सबै उत्पादनहरू आईएसओ प्रमाणित छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL