Logo

शाओमीको मोबाइल फोनहरुमा तिहारको विशेष छुट, यस्तो छ मूल्य

शाओमीको मोबाइल फोनहरुमा तिहारको विशेष छुट, यस्तो छ मूल्य



काठमाडौँ । शाओमीले चाडपर्वको अवसर पारेर सीमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट उपलब्ध गराएको जनाएको छ ।

laxmi

उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन यो छुट ल्याइएको शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले जानकारी दिए ।

उनले भने, ‘नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने छ ।’

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, शाओमी १२ सिरिजमा रु. ३००० र भर्खरै लन्च गरिएको पोको एम५ मा रु. ५०० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सकिनेछ । यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL