Logo

सिटी एक्सप्रेसको अफरमा सुन विजेताको नाम घोषणा, तामाङ १ तोला सुन जित्न सफल

सिटी एक्सप्रेसको अफरमा सुन विजेताको नाम घोषणा, तामाङ १ तोला सुन जित्न सफल



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ ।

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने रीना कुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी हुन् ।

सोही योजना अन्तर्गत भदौ १५ देखि असोज ११ गते सम्म अन्य चार जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भैसकेको कम्पनीले जनाएको छ ।

साउदी अरबबाट नरेश यादव , कुवेतबाट शम्भुबहादुर सार्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी साथै मलेशियाबाट रेमिट्यान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०१० तोला चाँदी जित्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL